logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

    कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

    793
    SHARES
    कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

    काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ । काठमाण्डौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट सामग्रीहरू वितरण गरिएको हो ।



    विद्यालयका छात्राहरूका निम्ति स्यानिटरी प्याडकाे भेण्डिङ मेशिन राखिएकाे हाे ।अब पठनपाठनमा सहजता हुने विद्यालयका छात्राहरू बताउँछन् । नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अझैसम्म कैयौं विद्यालयमा प्याड पुगेको छैन ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु- ८ का वडाअध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आसबहादुर घिमिरे, कृषि विकास बैंक लिमिटेड, डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक रामचन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावकलगायतकाे सहभागिता रहेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २६ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट