logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

    सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

    2K
    SHARES
    सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

    काठमाण्डौ । सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डको सदस्यमा नियुक्ति दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।



    सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले दोषी किटान गरेका व्यक्तिलाई सहकारी बोर्डको सदस्य बनाइएको भन्दै सिन्धुलीका युवराज सफलले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै उजुरी दिएका हुन् ।

    उनको उजुरी प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको छ । सरकारले हालै संगीता तामाङलाई सहकारी बिकास बोर्डको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको छ ।

    ‘…संगीता तामाङलाई बोर्ड सदस्य बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गर्दछु,’ उजुरीमा भनिएको छ, ‘मन्त्रिपरिषद्‌मा बसेर सहकारी ठगीमा संलग्न व्यक्तिलाई सहकारी विकास बोर्ड सदस्य बनाउने निर्णयमा साथ दिने सबै मन्त्रीहरुलाई पनि नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछु ।’

    संसदीय छानविन समितिले गोर्खा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र शिवशिखर सहकारीको १२ अर्ब ६१ करोड रकम हिनामिनामा संगीता संलग्न रहेको प्रतिवेदन तयार पारेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट