logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सूर्योदय वोमी लघुवित्तका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने

    सूर्योदय वोमी लघुवित्तका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने

    1K
    SHARES
    सूर्योदय वोमी लघुवित्तका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ । लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो ।



    लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।

    लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट