logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

    महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

    2.7K
    SHARES
    महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक लम्सालको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो ।



    बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी गत असार २१ गतेबाट बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि संस्थापकबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो ।

    सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनु पर्नेछ । शेयरको बिक्री मूल्य भने बिक्रेताले ताकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट