logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता घरेलु लघुवित्तद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण

    समता घरेलु लघुवित्तद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण

    871
    SHARES
    समता घरेलु लघुवित्तद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण

    काठमाण्डौ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको छ । पनौती नगरपालिका वार्ड नं १० कपासे र बेथानचोक गाउँपालिका वार्ड नं। ४ का पीडितहरुमध्ये पनौतीको खोपासीमा आफन्तको घरमा आश्रय लिइरहेका ४५ परिवारलाई वित्तीय संस्थाको तर्फबाट सोमबार राहत वितरण गरिएको हो ।



    पाँच लिटरको प्रेसर कुकर, कराही, डाडु, पन्यु, ६६ थान स्टील थाल र गिलास तथा एक थान ब्ल्याँकेट वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरेले जानकारी दिए । राहतमा पाएको खाद्यान्न पकाउन भाँडाकुँडा नभएको भन्ने बुझेर सोहि अनुसार उपलब्ध गराइएको घिमिरेले बताए ।

    शैलेन्द्र बगर खोलामा आएको बाढी र पहिरोका कारण सो ठाउँका दुई जनाले ज्यान गुमाएका थिए भने झण्डै चार दर्जन घर क्षति भएको थियो । घर, गोठ, वस्तुभाउ, अन्नपात गुमाएका पीडितलाई सानो सहयोग होस् भनेर राहत उपलब्ध गराइएको संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत देव सिंह बिष्टले जानकारी दिए । संस्थाले करिब दुई लाख रुपैयाँको राहत दिएको हो ।

    पनौती नगरपालिका वार्ड नं। १० कपासेका आर्यन महतका अनुसार यहि असोज १२ गते बिहान ३ बजे आएको बाढी र लेदो सहित बगेकोले काशीराम महत र ज्ञानु परियारको ज्यान गयो । ‘ज्ञानुलाई खोलाले बगायो, काशिराम पहिरोमा पुरिएर ज्यान गुमाउनभो’–स्थानीय आर्यन महतले ले त्रासदीपूर्ण रात सम्झदै भने – ‘लगाएको कपडा बाहेक मेरो पनि केहि बचेन, धन्न भागेर ज्यान भने बचाइयो ।’

    पनौती खोकना बजारमा आफन्तकहाँ आश्रय लिइरहेका आर्यनको २०३८ सालमा बनेको घर, गोठ, किराना पसल, ट्रयाक्टर, मोटरसाईकल, भैंसी, खसी, बाख्रा, भुस्सा काट्ने मेशिन र सिंचाइ गर्ने जेनेरेटर सबै बगेको थियो । पीडितहरुका अनुसार बि।सं। २०२५ सालमा ठूलो बाढी आएको र त्यतिबेला समेत कुनै क्षति नभएको ठाउँमा यसपटक दुई दिनको बर्षाले तहननहस बनाएको छ । गाउँभरि पहिरो गएका छन्, पूर्ववत् अवस्थामा फर्कन निकै गाह्रो छ ।

    बाढी पहिरोबाट आफन्त गुमाएका पीडितहरु काज किरिया गर्न समेत आफन्त वा भाडाको घर प्रयोग गर्नुपरेको छ । काभ्रे जिल्लामा बाढी पहिरोबाट ७७ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाले र बेथानचोक, रोशी र तिमाल गाउँपालिकामा १२र१२ जनाले ज्यान गुमाए । त्यस्तै धुलिखेल नगरपालिका २, बनेपा नगरपालिका ३, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७ जनाले ज्यान गुमाएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट