logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट

    नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट

    1.7K
    SHARES
    नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट

    काठमाण्डौ । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी, महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।



     

    प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।

     

    रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ । दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट