काठमाण्डौ । नवलपरासी बर्दघाट सुस्तापूर्व गैंडाकोट वडा नम्बर ६का गैर आवासीय नेपाली संघ, पोर्चुगल राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष एवं एन आर एन ए अन्तर्राष्ट्रिय समन्वय परिषद सह–कोषाध्यक्ष तिलक गैरेले बाढीपिडीत परिवारलाई राहत वितरण गरेका छन् ।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा शुक्रबार उनको आर्थिक सहयोगमा खाद्यान्न तथा राहत वितरण गरिएको हो ।
गैरेले स्थानीय बाढी पिडीत १८० घरधुरीलाई दुईलाख बराबरको सहयोग गरेका हुन् । चाडबाडमा बाढीपिडीत परिवारलाई केही राहत मिलोस भन्ने हेतुले राहत तथा खाद्यान्न वितरण गरिएको उनले जानकारी दिए ।
‘चाडबाड आएको छ , देशमा दैवी प्रकोपले पिरोलिएका बेला उहांँहरुको घाउमा मलम लगाउंँ भन्ने उद्धेश्यले सहयोग गरेको हुंँ ।’ गैरेले भने । हाल उनी व्यवसायको शिलशिलामा पोर्चुगलमा छन् । उनले स्वदेशमा मात्र नभई पोर्चुगलमा रहंँदा पनि धेरै नेपालीहरुलाई सहयोग गरेका थिए ।
साथै नेपालका अनाथलय, दुर्गम विद्यालयमा पनि आर्थिक सहयोग गर्दै आएका छन् । आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने उनले प्रतिबद्धता जनाए ।
अर्थ चाैतारी ।