logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरियो

    यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरियो

    1.9K
    SHARES
    यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरियो

    काठमाण्डौ । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाटसमेत बाहिरिएको हो ।



    जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

    यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ ।जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरू बताउँछन् । नेपालमा यो वर्ष १ सय २४ दिनसम्म मनसुन रह्यो । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।


    अर्थ चाैतारी
  • शनिबार, २६ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट