logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सानिमा रिलायन्स इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर पारित

    सानिमा रिलायन्स इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर पारित

    1.5K
    SHARES
    सानिमा रिलायन्स इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर पारित

    काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आ.व. २०७९।८० को सातौं वार्षिक साधारण सभा आज आश्विन २३ गते अनमोल बैंक्वेट नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न भयो ।



    कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा अध्यक्षले वार्षिक विवरण समेत पेश गरे । कम्पनीको सातौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०७९÷८० वार्षिक प्रतिवेदन सहित साबिक रिलायन्स लाइफ इन्स्योरेन्स. तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका आ.व. २०७९÷८० को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

     

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब अठार करोड चालिस लाख को १८.३८११ प्रतिशतका दरले हुने छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

     

    त्यसैगरी आ.व.०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । साथै सञ्चालक समितिमा संस्थापक समुहको तर्पmबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको छ ।

     

    मन्तव्यकै क्रममा अध्यक्ष केडियाले प्रचलित कानून तथा नियमनकारी निकायबाट जारी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै व्यवसाय सञ्चालन गरी संस्थालाई प्रतिस्पर्धी र सबल बनाउन संस्थागत सुशासन, पारदर्शिता, प्रणालीगत विकास, बिमीत केन्द्रित योजना र व्यवसाय उत्प्रेरीत तथा प्रेरणा केन्द्रित अभिकर्ता प्रोत्साहन योजना अवलम्बन गरी कारोबार सञ्चालन गर्ने, प्रचलित कानूनको अधिनमा रही उच्चस्तरीय प्रविधि प्रयोग गरी सेवा प्रदान गर्ने, डिजीटल भुक्तानीको विकास गर्ने कम्पनीको नीति रहेको जानकारी गराए ।

     

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विश्व बजारमा आएको मन्दी, अन्तर्राष्ट्रिय रुपमा विभिन्न राष्ट्रहरु बिच रहेको कलह तथा भिडन्त, कोभिडको अवशेष यथावतै रहेको, लगानीका अवसरहरु खुम्चिंदै गएको, लगानीकर्ताको मनोबलमा गिरावट, कर्जा मागमा गिरावट, न्यून ब्याजदर प्रतिफल, जनमानसमा घट्दो क्रयशक्ति आदीको प्रत्यक्ष वा परोक्ष असरबाट बीमा व्यवसायमा थपिएको चुनौती बीच पनि कम्पनीका आर्थिक सूचकांकहरुसकरात्मक नै रहेका, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको व्यहोरा उल्लेख गरे ।


    अर्थ चाैतारी
  • आइतबार, २७ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट