logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बडादसैँको टीका लगाउने क्रम मंगलबार पनि जारी

    बडादसैँको टीका लगाउने क्रम मंगलबार पनि जारी

    3.2K
    SHARES
    बडादसैँको टीका लगाउने क्रम मंगलबार पनि जारी

    काठमाण्डौ । आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादसैँको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला द्वादशी तिथि छ।



    बडादसैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण टाढा रहेका आफन्तकहाँ जान्छन्।

    यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।

    आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

    फूलपातीका दिन अर्थात् गत बिहीबार शुरु भएको बडादसैँको बिदा पनि सकिएको छ। मंगलबारदेखि कार्यालय खुल्दै छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २९ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट