काठमाण्डौ । गएको भदौ महिनामा समग्रह मुद्रास्फीति ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०८० को भदौ महिनाको तुलनामा २०८१ को भदौ महिनामा महँगी आधा भन्दा धेरैले घटेको छ ।
गत वर्षको भदौ महिनामा समग्रह मुद्रास्फीति ८.१९ प्रतिशत थियो । तर, यस वर्षको भदौ महिनामा यस्तो मुद्रास्फीति ३.८५ प्रतिशत मात्र रहेको छ । यसैगरी, खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ५.०३ प्रतिशत रहेको छ भने गैर खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ ।
गत वर्ष खाद्य क्षेत्रमा ९.७७ र गैर खाद्यमा ७.१९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रदेशगत रुपमा गएको भदौमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ । अर्थात बागमतीमा महँगी सबैभन्दा कम रहेको देखिन्छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।
अर्थ चाैतारी ।