logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • युनिलिभरले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ

    युनिलिभरले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ

    1.6K
    SHARES
    युनिलिभरले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ

    काठमाण्डौ । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ ।



    युनिलिभर नेपालका प्रबन्ध निर्देशक-सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद घडीमा प्रभावित समुदायको सहयोगको लागि युनिलिभरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।

    युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित रहेको जनाउँदै यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट