logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • दशैं र तिहारको मुखमा पौने १२ करोड रुपैयाँको तास आयात

    दशैं र तिहारको मुखमा पौने १२ करोड रुपैयाँको तास आयात

    1.2K
    SHARES
    दशैं र तिहारको मुखमा पौने १२ करोड रुपैयाँको तास आयात

    काठमाण्डाै । चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिनामा नेपालमा ११ करोड बढीको तास आयात भएको छ । साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख रुपैयाँ बढीको तास आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ३७ लाख ८५ हजार ६०३ प्याकेट तास आयात भएको हो ।



    जसमध्ये असोज महिनामा मात्रै ५ करोड ६५ लाख रुपैयाँको तास आयात भएको छ । साउन र भदौ गरी २ महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको हो । नेपालमा दशैं र तिहारमा तास खेल्ने चलन रहेको छ । यस वर्ष असोजको अन्त्यतिर दशैं परेको थियो । दशैंका लागि पनि तासको माग बढेकाले असोजमा आयात धेरै भएको हो ।

    केही व्यवसायीले तिहार र दशैंलाई लक्षित गरेर तास ल्याए भने केहीले दशैंपछि फेरि आयात गर्ने उद्देश्य राखेर तास आयात गरेका छन् ।

    सबैभन्दा धेरै चीनबाट तास आयात भएको छ । चीनबाट १० करोड ६ लाख रुपैयाँको ३७ लाख ६८ हजार ३७९ प्याकेट तास आयात भएको हो । यसैगरी, भारतबाट १ करोड १३ लाख रुपैयाँको २ लाख १६ हजार ४९६ प्याकेट र बाँकी तास अमेरीका, बेलायत लगायत देशबाट आयात भएको हो । उक्त तास आयातबाट ६ कराेड ९५ लाख रुपैयाँ राजस्व उठेकाे छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट