logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बैंकमा चेक प्रयोग गर्ने क्रम घट्दै, डिजिटल कारोबारमा नागरिकको पहुँच बढ्दै

    बैंकमा चेक प्रयोग गर्ने क्रम घट्दै, डिजिटल कारोबारमा नागरिकको पहुँच बढ्दै

    910
    SHARES
    बैंकमा चेक प्रयोग गर्ने क्रम घट्दै, डिजिटल कारोबारमा नागरिकको पहुँच बढ्दै

    काठमाण्डौ । विगत तीन वर्षमा बैंकबाट पैसा निकाल्दा र जम्मा गर्दा चेक प्रयोग गर्ने क्रम घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ सालको साउन र भदौ महिनामा चेकमार्फत १४ लाख पटक बैंकिङ कारोवार भएको थियो ।



    यो क्रम पोहोरको साउन र भदौमा १३ लाख पटकमा झरेकोमा आर्थिक बर्ष २०८०-०८१ मा अझ घटेर १२ लाख पटक मात्र भएको छ ।

    डिजिटल कारोबारमा नागरिकको पहुँच बढ्दै गएका कारण पनि चेक प्रयोगकर्ताको संख्या घट्दै गएको नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा।भागवत आचायले सीआइएनसँग बताए ।

    राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा मोबाइल बैंकिङ्, वालेट र क्यूआर कोडमार्फत ९ करोड ८५ लाख २५ हजार पटक कारोबार भएको छ । कुल जनसङ्ख्याको करिब ४० प्रतिशत नागरिक डिजिटल कारोबारमा जोडिएको राष्ट्र बैँकको भनाइ छ ।


    अर्थ चाैतारी
  • शनिबार, १० कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट