logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना कार्यक्रम 

    हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना कार्यक्रम 

    741
    SHARES
    हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना कार्यक्रम 

    काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा कात्तिक ९ गते, शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।



    हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख संचालन अधिकृत,राम प्रसाद भट्टराईले सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकारी दिएका थिए ।

    उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानका स्थानीयहरु लाभान्वित हुने बिश्वास रहेको छ ।

    कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

    हिमालयन क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ


    अर्थ चाैतारी
  • मंगलबार, १३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट