logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सरकारले फिर्ता गर्‍यो सहकारी पीडितको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९

    सरकारले फिर्ता गर्‍यो सहकारी पीडितको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९

    1.8K
    SHARES
    सरकारले फिर्ता गर्‍यो सहकारी पीडितको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९

    काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ। भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।



     

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरूको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पारे।

     

    सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो। मन्त्री अधिकारीले माग दाबी गर्ने बचतकर्ताहरूको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए।

    सरकारी तथ्याङ्क अनुसार माग दाबी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेका छन्। उनीहरूमध्ये ६ हजार ५९३ जनाको बचत रकम फिर्ता गरिएको छ।

    अब बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमबाट फिर्ता गराइने पनि मन्त्रालयले जनाएको छ। मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरू असुल गरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको पनि बताए।


    अर्थ चाैतारी
  • मंगलबार, १३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट