logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • चितवनबाट २८ सय पिस पटका सहित तीन जना पक्राउ, २५ खाल खोड्खोडे बरामद

    चितवनबाट २८ सय पिस पटका सहित तीन जना पक्राउ, २५ खाल खोड्खोडे बरामद

    845
    SHARES
    चितवनबाट २८ सय पिस पटका सहित तीन जना पक्राउ, २५ खाल खोड्खोडे बरामद

    काठमाण्डौ । चितवनबाट बिस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रिय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामर गरेको हो ।



    रौतहतको गौरबाट चितवन आएको ग १ ख ७५३२ नं. को यात्रु बाहक बसबाट २८ सय पिस नागिन पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसचालक, सहचालक र कन्डक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा पर्नेमा चालक रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मोहम्मद अर्मान, सहचालक विरगंज महानगरपालिका २९९का सुशिल चौधरी र कन्डक्टर रौतहतको चन्द्रपुर नगरपालिका ४ का सुदर्शन राउत रहेका छन् । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    यस्तै खोडखोडे खलेका व्यक्तिहरुलाई प्रहरीले छाडेको छ । उनीहरुलाई अब उपरान्त खालेको पाईएमा जुवा सम्बन्धी ऐन अन्तर्गत कारबाही समेत गर्ने गरी छाडिएको बताइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट