logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन

    सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन

    1.2K
    SHARES
    सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन

    काठमाण्डौ । समस्याग्रस्त सिभिल सहकारीमा डुबेको बचत फिर्ता गर्न ६ अर्ब २१ करोडको मागदाबी परेको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हालसम्म सो बराबरको मागदाबी परेको हो ।



    हालसम्म कुल १ हजार ५७७ जनाले बचत फिर्ताको लागि आवेदन दिएको कार्यालयका सदस्य सचिव महेश आचार्यले जानकारी दिए । यसरी मागदाबी भएको रकममध्ये बचत खाता अन्तर्गत ३ अर्ब ७३ करोड ५८ लाख, मुद्दती खाता अन्तर्गत २ अर्ब ४७ करोड ३५ लाख र शेयर बचत अन्तर्गत ५३ करोड ७१ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । त्यस्तै, अपार्टमेन्ट दिने शर्तमा जम्मा गरिएको भन्दै ५ लाख रुपैयाँको दाबी परेको छ ।

    सिभिल सहकारीलाई बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १५ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै बचत मागदाबीका लागि समितिले ३५ दिन समय दिएर आवेदन आह्वान गरेको थियो । मंगलबार यसका लागि ३५ दिनको समय सकिँदैछ । यद्यपि यो समय अझै थपिने सदस्य सचिव आचार्य बताउँछन् ।

    सिभिलको व्यवस्थापन गर्ने जिम्मा पाएपछि त्यसको सफ्टवेयर र अरू विवरण प्राप्त गर्ने प्रयास गरेको थियो । तर, यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लगिसकेकोले कार्यालयमा केही पनि प्राप्त हुन नसकेको उनले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट