logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एसुयोर साकोस काठमाण्डौको चौधौ बार्षिक साधारण सभा सम्पन्न

    एसुयोर साकोस काठमाण्डौको चौधौ बार्षिक साधारण सभा सम्पन्न

    2.8K
    SHARES
    एसुयोर साकोस काठमाण्डौको चौधौ बार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । एसुयोर बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डौको शनिबार चौधौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    एसुयोर साकोसका अध्यक्ष ज्ञानेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २५ जना शेयर सदस्य र रु ६ लाखको शेयर पूँजीबाट शुरु भएको संस्था आज करिब रु १ करोड ७० लाख शेयर पूँजी र २ हजारको हाराहारीमा सदस्यहरु बनाउन सफल भएको बताए ।



    उनले छरिएर रहेको स–साना पूँजीहरुलाई एकिकृत गर्दै लैजाने क्रममा हाल रु.९ करोड बराबरको बचत र करिब ९.५ करोड ऋण प्रवाह भएको जानकारी गराएका थिए ।
    एसुयोर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.ब. २०८०–०८१ मा संस्थाको जगेडा तथा अन्य कोषहरु करिब ८५ लाख पुगेको छ ।
    बचत कर्तालाई घर आगनमै दैनिक ५ प्रतिशत देखि १० प्रतिशत सम्म व्याज प्राप्त गर्ने खालैका बचत योजनाहरुलाई लिएर आएका छौं जस्ले गर्दा हाम्रा शेयर सदस्यहरुलाई बचत गर्न प्रोत्साहन मिलोस साथै ऋणमा पनि सहुलियत व्याजदर १२४ देखि १५ प्रतिशत भएको बताउदैँ विना धितो ऋणमा बीमा गर्ने योजना शुरु भएको जानकारी गराएका थिए ।

    संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष अमृत केसीले संस्थाको शेयर पूँजी आर्थिक बर्ष २०८०–०८१ सम्ममा रु. १ करोड ६५ लाख ११ हजार ६०० पुगेको भन्दै आ.व.२०८१–८२ मा शेयर पूँजी रु. २ करोड पुर्याउने लक्ष्य रहेको जानकारी गराए । यस्तै आर्थिक बर्ष २०८०–०८१ बचत तर्फ रु. ६ करोड ७६ लाख १३हजार ६६३.४६ भएको र आ.व.२०८१–८२ मा बचत १० करोड पुर्याउने लक्ष्य रहेको संस्थाका कोषाध्यक्ष अमृत केसीले जानकारी गराए ।

    यस्तै आ.व.२०८१–८२ मा ऋण रु.१० करोड पुर्याई १५प्रतिशत लाभांश दिने र अन्य कोषमा १० प्रतिशत वृद्धि गर्ने योजना रहेको कोषाध्यक्ष अमृत केसीले जानकारी गराए । सदस्यमैत्री यस सहकारीले तरलता संंकटको समाधान गर्न नेफ्स्कूनबाट ऋण लिई सदस्यहरुलाई ऋण प्रवाह समेत गरेको थियो । आगामी दिनमा पनि सदस्यको हितका लागि, सदस्यमैत्री भएर काम गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

    लेखा समिति संयोजक केदार प्रसाद भट्टराईले यस संस्थाको आर्थिक तथा व्यवस्थापकिय गतिविधिलाई हेर्दा संस्थाले राखेको हर हिसाव नियम अनुसार नै राखेको देखिएको र यसलाई निरन्तरता दिन आग्रह गरे । यस्तै संयोजक भट्टराईले संस्थाको आर्थिक अवस्था राम्रो रहेको, शेयर सदस्यहरुलाई दिने सेवा सुविधा राम्रो रहेको र संस्थाले कमिक रुपमा विकास गर्दै आएको बताए । उनले संचित घाटालाई शुन्यमा झारी नाफाको दर बढाउदै लगेको पक्ष सबल पक्ष रहेको पनि बताएका छन् ।

     


    अर्थ चाैतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट