काठमाण्डौ । अब सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि जारी गरेको मापदण्डको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
अहिले सहकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने अवस्था छैन । त्यसैले यी सहकारीले विषयगत संघ र राष्ट्रिय सहकारी बैंकसँग कारोबार गर्दै आएका छन् ।
प्रस्तावित मस्यौदामा सहकारीले कुल सम्पत्तिको ५ प्रतिशत वा कुल पुँजीकोषको शतप्रतिशतमध्ये जुन कम हुन्छ त्यो सीमासम्म ऋण लिनसक्ने व्यवस्था गरिएको छ ।
सहकारीले प्रारम्भिक पुँजीकोषको १५ गुणासम्म बचत गर्नसक्ने तथा प्राथमिक पुँजीकोषको १५ प्रतिशतसम्म मात्रै एउटा सदस्यलाई ऋण दिनसक्ने व्यवस्था गरिएको छ ।
अर्थ चाैतारी ।