logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सुमेरु सहकारीको मुख्य कार्यालय र दुईवटा शाखामा तालाबन्दी

    सुमेरु सहकारीको मुख्य कार्यालय र दुईवटा शाखामा तालाबन्दी

    988
    SHARES
    सुमेरु सहकारीको मुख्य कार्यालय र दुईवटा शाखामा तालाबन्दी

    काठमाण्डौ । ललितपुरको सुमेरु सहकारीमा सिल गरिएको छ। बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको कार्यालय सिल गरेको हो।



    सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालय तथा धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा पनि सिल गरिएको हो। सहकारीका कागजात र कम्प्युटर नियन्त्रणमा लिइएको छ। यसअघि नै सहकारीका खाता बन्द गरिसकिएको थियो।

    अब सहकारी व्यवस्थापनका लागि थप प्रक्रिया अगाडी बढाउने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तयारी छ। सरकारले यो सहकारीलाई गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट