logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ठूलो संख्यामा सहसचिव सरुवा, को कहाँ?

    ठूलो संख्यामा सहसचिव सरुवा, को कहाँ?

    819
    SHARES
    ठूलो संख्यामा सहसचिव सरुवा, को कहाँ?

    काठमाण्डौ । नेपाल सरकारले निजामती सेवाका विभिन्न समूहमा कार्यरत प्रथम श्रेणीका अधिकारीहरूको सरूवा गरेको छ। मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले ७८ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो।



    मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा सूची सार्वजनिक गरेको छ। जसअनुसार सहसचिव पदमकुमार श्रेष्ठ र दिलिपकुमार गौतम अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएका छन्। भवीश्वर पाण्डेको गृह मन्त्रालय, भरत गौतम हेटौँडा उपमहानगरपालिका, हेमराज भुसालको इटहरी उपमहानगरपालिका, वीरेन्द्रकुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ ।

    यस्तै शान्तिराज प्रसाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन्। तर काठमाडौँ महानगरपालिकाले भने अझै प्रमुख प्रशासकीय अधिकृत पाएको छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको पनि सरुवा भएको छ। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन्।

    हेर्नुहोस् पूरा सूची:

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, १६ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट