logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

    सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

    936
    SHARES
    सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।



    सोमबार २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड, बरुन हाइड्रोपावरको ३० करोड, साहस उर्जाको २७ करोड र एक्सल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २१ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट