काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको ५० लाख कित्ता निष्काशन गर्न लागेको हो । यसका लागि अर्बिटले कुमारी क्यापिटल लिमिटेडलाई सोमबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अर्बिट इनर्जीले संखुवासभामा २१.५ मेगावाटको सभाखोला बी र ६.३ मेगावाट क्षमताको सभा खोला सी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।