logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • स्वरोजगार लघुवित्तको एफपीओ विक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    स्वरोजगार लघुवित्तको एफपीओ विक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    1K
    SHARES
    स्वरोजगार लघुवित्तको एफपीओ विक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाण्डाै । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन तथा विक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरेको हो।



     

    उक्त एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म थप गरिने छ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

     

    लघुवित्तको एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १८ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट