logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति

    एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति

    845
    SHARES
    एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ। परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो।



     

    बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताएका छन्।

     

    एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन्। यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्। कारागारका २५ , सुधारकेन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी एसईई दिँदै छन्। सबैभन्दा बढी विद्यार्थी काठमाण्डौबाट ३९ हजार ६ सय विद्यार्थीले एसईई दिँदै छन्। सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन्। सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७०लाख रकम छुट्याउने गरेको छ।

     

    त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ। परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट