logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

    काठमाण्डौ महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

    1K
    SHARES
    काठमाण्डौ महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा प्रवेश गरेका छन् । कार्यकक्षमा महानगरले तलाएको ताला फोडेर उनलाई प्रवेश गराइएको हो ।



     

    बिहीबार मेयर बालेन्द्र शाहबिनै बसेको कार्यपालिका बैठकमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय भएको थियो । उपमेयर सुनीता डंगोलको नेतृत्वमा बैठक बसेको थियो । उनलाई कार्यालयमा स्वागत गर्न कर्मचारीहरु भेला भएका थिए र नगरप्रहरीसँगको ठेलमठेलमा गुरागाईंलाई कार्यालयमा प्रवेश गराइएको थियो ।

    गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए, जुन निर्णय मेयर बालेनले गरेका थिए । काठमाण्डौ टावर १२ तलाको बनाउने भनिए पनि त्यसलाई १९ तलाको स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाइएको थियो । महानगरपालिकाले गुरागाईंमाथि छानबिन गर्न तीन वटा समिति गठन गरेको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काममा फर्किन आवश्यक वातावरण मिलाउन निर्देशन दिएको थियो ।

    बालेन भने उनलाई कुनै पनि हालतमा नफर्काउने अडानमा थिए र नयाँ कार्यकारी अधिकृत पठाउनमा संघीय सरकारसँग माग गरिरहेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २० चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट