logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री

    वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री

    949
    SHARES
    वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री

    काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन् ।



     

    शुक्रबार काठमाण्डौमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१ औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रूपमा सदुपयोग गर्ने वातावरण बनाइने बताएका हुन् ।

     

    वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतका विषयलाई सरकारले विशेष ध्यान दिने उनले बताए । उनले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको सङ्ख्या उतिकै रहेकाले फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सङ्घको साधारण सभाले नयाँ नेतृत्व सचेत चयन गर्ने बताइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट