logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

    कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

    741
    SHARES
    कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

    काठमाण्डौ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो ।



    कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

     

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । जारी आन्दोलनमा साथ दिन महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अनुरोध समेत गरेको छ ।

     

    देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाण्डौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक, कर्मचारी लाई महासंघले आग्रह समेत गरेको छ ।

    1

    2


    अर्थ चाैतारी
  • मंगलबार, १ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट