logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

    शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

    1.2K
    SHARES
    शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

    काठमाण्डौ । नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।



    सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो ।

     

    तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो ।

    अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–’देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाण्डौको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाण्डौ आइपुग्नुहोला । ‘


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट