logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वैदेशिक रोजगार विभागकाे निर्देशकमा ढकाल, उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर सहसचिवलाई खटाइयाे

    वैदेशिक रोजगार विभागकाे निर्देशकमा ढकाल, उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर सहसचिवलाई खटाइयाे

    988
    SHARES
    वैदेशिक रोजगार विभागकाे निर्देशकमा ढकाल, उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर सहसचिवलाई खटाइयाे

    काठमाण्डौ । वैदेशिक रोजगार विभागकाे निर्देशक टिकाराम ढकाललाई खटाइएको छ । ढकाल बबरमहलस्थित वैदेशिक रोजगार बोर्डका सचिवालयमा थिए भने उनकाे ठाउँमा  पठाइएको छ भने उनको ठाउँमा विभागका निर्देशक गुरुदत्त सुवेदीको समेत सरुवा गरिएको छ । विभागका सूचना अधिकारी समेत रहेका सुवेदीलाई बोर्डकाे सूचना अधिकारी बनाएर पठाइएकाे छ ।



     

    त्यस्तै वैदेशिक रोजगार विभागमा दुई जना सहसचिवलाई खटाइएको छ । सिनियर सहसचिवलाई महानिर्देशक बनाएर पठाइएको छ भने जुनियर सहसचिवलाई उपमहा निर्देशक बनाएर खटाइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव जीवलाल भुसाललाई महानिर्देशक बनाएर विभागको पठाएको थियो । तर, उनी हालसम्म विभागको जिम्मेवारी सम्हाल्न गएका छैनन् ।

     

    त्यस्तै हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रबहादुर शिवाकोटी उपमहानिर्देशक भएर गएका छन् । कार्यभारका आधारमा मन्त्रालयले विभागमा उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर शिवाकोटीलाई खटाएको हो ।

     

    विभागसँगै रहेको वैदेशिक रोजगार कार्यालयको दरबन्दी समेत कटौती गरिएको छ । तीन जना निर्देशक रहेको कार्यालयमा दुई जना निर्देशकको दरबन्दी कटौती गरिएको छ । हाल एक जनालाई मात्रै निर्देशकको खटाइएको श्रम मन्त्रालयले जनाएको छ । कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति लगायतका सेवाहरू अनलाइनमार्फत हुँदै आएको छ । जसले गर्दा कार्यभार कम भएको भन्दै मन्त्रालयले निर्देशकको दरबन्दी कटौती गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट