logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आन्दोलनरत शिक्षकलाई अध्यक्ष सुवेदीको आग्रह: केही दिन धैर्य गरौँ, विजय सुनिश्चित छ

    आन्दोलनरत शिक्षकलाई अध्यक्ष सुवेदीको आग्रह: केही दिन धैर्य गरौँ, विजय सुनिश्चित छ

    832
    SHARES
    आन्दोलनरत शिक्षकलाई अध्यक्ष सुवेदीको आग्रह: केही दिन धैर्य गरौँ, विजय सुनिश्चित छ

    काठमाण्डौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित, संयमित र मर्यादित हुन आह्वान गरेका छन्। अध्यक्ष सुवेदीले आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा पुग्न आग्रह गर्दै शिक्षकहरूलाई अरू केही दिन धैर्य गर्न अपिल गरेका छन्।



     

    ‘आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने हो। त्यसैले पहिले नै बीच बाटो वा बानेश्वर गएर नबसौँ। माइतीघरबाटै जुलुसमा सहभागी भएर बानेश्वरतर्फ जाऔँ।आन्दोलन अवधिभर १२ बजेदेखि ३ बजेसम्म सडकमा नै रहौँ। पेटी नाघेर वारपार नगरौँ’, अध्यक्ष सुवेदीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरू केही दिन धैर्य र मर्यादित भएर लागौँ। हाम्रो विजय सुनिश्चित छ।’

    उनले अगाडि भनेका छन्, ‘साथीहरू, हामी विजयोन्मुख छौँ। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ। हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरू पनि थुप्रै छन्। त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन। त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ। मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ।’

     

    यस क्रममा अध्यक्ष सुवेदीले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न पनि अनुरोध गरेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट