logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • पहलगाम आक्रमणः भारतसँग बढ्दो तनावबीच पाकिस्तानी शेयर बजारमा भारी गिरावट

    पहलगाम आक्रमणः भारतसँग बढ्दो तनावबीच पाकिस्तानी शेयर बजारमा भारी गिरावट

    884
    SHARES
    पहलगाम आक्रमणः भारतसँग बढ्दो तनावबीच पाकिस्तानी शेयर बजारमा भारी गिरावट

    काठमाण्डौ । पाकिस्तान स्टक एक्सचेन्जमा गिरावटको प्रवृत्ति देखिएको छ। आजको कारोबारको सुरुआत चरणमा २५०० अंकभन्दा बढीको गिरावट आएको छ।



    पाकिस्तानी शेयर बजार बिहान नकारात्मक प्रवृत्तिमा खुलेको थियो। बजारमा संस्थागत र खुद्रा दुवै लगानीकर्ताले धमाधम शेयर बेचिरहेका छन्।

    गत हप्ता जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढ्दो तनावलाई बजार विश्लेषकहरुले शेयर बजारमा आएको गिरावटका कारण बताइरहेका छन्। बीबीसी उर्दुलाई बजार विश्लेषक शहरयार बटले पाकिस्तान र भारतबीच बढ्दो तनाव र यस क्षेत्रमा युद्धको डरका कारण शेयर बजारमा गिरावट आएको बताएका छन्।

    ‘पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टामा पाकिस्तान विरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको बताएकोले शेयर बजारमा नकारात्मक प्रभाव परेको छ’, शहरयार बट भन्छन्, ‘शेयर बजार यस्ता कथनहरुप्रति धेरै संवेदनशील छ र तुरुन्तै प्रतिक्रिया दिन्छ।’


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट