logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एजीएम आज, के-के छन् एजेन्डा ?

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एजीएम आज, के-के छन् एजेन्डा ?

    689
    SHARES
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एजीएम आज, के-के छन् एजेन्डा ?
    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा आज वैशाख २८ गते हुँदैछ । सभा काठमाण्डौको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा बिहान १० बजे डाकिएको छ। कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैशाख १७ गते बुक क्लोज गरेको थियो । यसको अर्थ आज बैशाख १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
    सभाले गत आर्थिक वर्ष २०८०।८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ। यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट