logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

    सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

    637
    SHARES
    सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

    काठमाण्डौ । सहसचिव शोभाकान्त पौडेल सचिव बढुवाका लागि सिफारिस भएका छन् । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको हो ।



     

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा हुने बढुवा प्रक्रियामा चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार छ सबैभन्दा ज्येष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।

     

    अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट