सिटिजन्स बैंकले गत बैशाख ७ गते १८ औँ वार्षिक उत्सवको अवसरमा बैंकले स्वदेशमा रहेर विदेशका विभिन्न कम्पनीहरुमा कामर्यरत व्यक्तिहरुका लागि फ्रिल्यान्स खाता संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको फ्रिल्यान्स खाता खेलेका ग्राहकहरुले नेपाली तथा डलर खाता एकै पल्ट संचालन गर्न सक्नेछन् । देशमा विदेशीनेको माहोल चलिरहेका बेला स्वदेशमा बसेर नै केहि गछौं भन्ने युवा पुस्ताहरुलाई लक्षित गरेर फ्रिल्यान्स खाता संचालन गरिएको हो । देशमा रेमिटेन्सलाई नै चुनौति दिनेगरि प्रतिमहिना २ हजार देखि १५ हजार डलर नेपाल भित्रिने गरेको छ । नेपालमा बसेर विदेशका प्रोजेक्टहरु लिएर आयआर्जन गर्नेहरुका लागि बैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसर पारेर आइटी सेक्टरमा इन्भल्भ भएका, बाहिरबाट डलरको सोर्स पनि भएका ग्राहकहरुले सजिलै यो खाता संचालन गर्न सक्नेछन् । बैंकमा यो खाता खोल्दा डलर तथा नेपाली रुपैयाँमा खाता चलाउन मिल्ने हुन्छ । बैंकले फ्रिल्यान्स खाता संचालन गरेका ग्राहकहरुलाई डलरका मुद्रामा खाता खोल्ने सुविधा दिएको छ ।
बैंकले स्वदेशमा नै बसर विदेशमा कार्यरतकहरुले तिनुपन ५ प्रतिशत टिडिएसका साथै ग्राहकको अनुरोधमा १० प्रतिशत रिकुरिङ डिपोजिटको सुविधा दिदै आएको छ । त्यस्तै बैंकले फ्रिल्यान्स खाताका ग्राहकहरूका लागि ३.७५ प्रतिशत व्याजदर प्रदान गर्दै आएको छ । यसै बिषयमा रहेर बैंकको निक्षेप मार्केटिङ प्रमुख पारस विक्रम थापासंग अर्थचौतारीले गरेको कुराकानीको सम्पादीत अंश…..
फ्रिल्यान्स खाता खोल्दा के-के फाइदा छन् ?
स्वदेश तथा विदेशमा रहेकमा नेपालीहरु जस्ले विदेशी मुद्रा आयआर्जन गनुहुन्छ । उहाँहरुका लागि संचालन गरिएको फ्रिल्यान्स खाता नेपालीमा चाहिँ न्यूनतम रु.५०० तथा डलरमा न्यूनतम १० डलर राखेर खोल्न सकिन्छ । उहाँहरुले नेपालीमा पनि इनकम छ र डलरमा पनि इन्कम छ भने उहाँले दुईवटै खाता खोल्न सक्नुभयो। खाता खोल्ने बित्तिकै ग्राहकहरुले २५ हजारसम्म मेडिकल बीमा तथा ३ लाखसम्मको दुर्घटना बीमाको सुविधा राखेका छौं। यो योजना खाता खोलेको एक वर्षसम्म चाहिँ यो कभरेज हुन्छ। यस संगसंगै उहाँहरुले १० प्रतिशत रिकुरिङ डिपोजिटमा जम्मा गर्न पाउनुहुन्छ । ग्राहकहरुले नेपाली खातामा ४.५ प्रतिशत तथा डलर खातामा ३.७५ प्रतिशत व्याज दिन्छै । यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट खाता निःशुल्क पाउनुहुने छ । ग्राहकहरुले विदेशी मुद्रा सटाहिमा १० पैसा थप पाउने र डलर ट्राभल कार्ड तथा इ-कर्मस कार्डमा ५० प्रतिशत बैंकले छुट दिने छ ।
बीमाका कुराहरु कसरी दावि गर्न सकिन्छ ?
बीमामा हस्पिटलाइजेसनको केस छ भने २५ हजारसम्म पाउनु हुन्छ । त्यसका लागि पहिला उहाँले हस्पिटललाइज पछि बिलहरु लिएर आएर बैंकमा क्लेम गर्ने हो। डकुमेन्ट्सहरू ल्याएर चाहिँ बैंककाे नजिकै शाखामा गएरे क्लेम गरेर छोड्दिनुभयो भने त्यो प्रक्रियामा जान्छौं। दुर्घटनाको हकमा भने उहाँको हकवालाहरुले आएर दावी गर्नुपर्याे, बैंकल आवश्यक प्रक्रिया पुरा गरेर भुक्तानी दिन्छ ।
फ्रिल्यान्स खाता कसरी खोल्ने?
पहिलो त बैंकको जुनसुकै शाखामा गएर खाता खोल्दा आवश्यक पर्ने परिचयपत्र पेश गर्नुपर्याे । त्यसका साथै फ्रिल्यान्स खाताका लागि आवश्यक पर्ने विदेशी संस्था वा कम्पनी संगको सम्झौता अथवा नियुक्ति पत्र पेश पर्याे । बैंकले आवश्यक प्रक्रिया पुरा गरेर खाता संचालन हुन्छ । यदि अहिले बैंकमा एकाउन्ट छ भने त्यसलाई उहाँहरुले अपग्रेड गर्न सक्नुहुन्छ। उहाँहरुले चाहिँ म फ्रिल्यान्सर हो। म यस्तो यस्तो हो, मेरो बाहिरको इन्कम सोर्स यो छ भनेर आवेदन दिनुभयो भने उहाँको खाता अपग्रेड हुन्छ ।
यस्तो खातामा जोखिम के कस्तो हुन्छ ?
यस्तो खातामा जोखिम भनेको नै इन्कम सोर्स हेर्ने र भेरिफाई नै हो । कहिले काहिँ खाताको दुरुपयोग हुन्छ कि भन्ने हो । यो फ्रिल्यान्स खातामा जम्मा भएको विदेशी मुद्रा अन्यत्र कठै पठाउन मिल्दैन् । तर आउनेबेला कतै श्रोत संकास्पद भयो भने पनि राष्ट्र बैंकले पनि टिटीआर रेकर्डिङका कुराहरू गरिरहेको छ । यसले मज्जाले गाइड गरिहाल्छ नै त्यतापट्टिको पार्टमा, अब केही पनि भएन भने उहाँहरूको कारोबार पनि बैंकले मोनिटरिङ गरिरहेकै हुन्छ । अब सुरुमै सोर्स अफ इन्कम ल्याएर त्यो डलरको कुराहरू खातामा रहेको चलाउन पाउनु हुनेभयो। हरेक पटक विदेशी मुद्रा आउँदाखेरि कस्टमरसँग एउटा डिक्लेरेसन लिइरहेका हुन्छौं। अब हाम्रो मोनिटरिङ गर्ने निकाय त छुट्टै छँदै छ।
अब त्यस्तो कुनै पैसा आयो छ भने, हामीले त्यसलाई होल्ड गर्ने अथवा रोकिने प्रावधान पनि गरेका छौं। राष्ट्र बैंकको आवश्यक छानविन पछि मात्रै हामीले डिसिजिन दिन्छौ । अब डबल एकाउन्ट खोल्न पाउने भन्ने बित्तिकै यतिकै खोल्न पाउने पनि होइन त्यसमा सबै प्रक्रियाहरु पूरा भइसकेपछि मात्र खोल्न पाउने हो। अब कुन पार्टीले पठाएको छ त्यो भेरिफाइ गरेपछि मात्रै खातामा डिपोजिट हुन्छ।
नेपालमा रिसिभ गरेको विदेशी पैसा बाहिर पठाउन मिल्छ कि मिल्दैन?
त्यो मिल्दैन्, यो नेपालको पैसा भनेको रिसिभिङ मात्रै हो। अब राष्ट्र बैंककै नियमअनुसार उहाँहरूले डलर कार्ड लिएर त्यो पैसा चाहिँ खर्च गर्न सक्नुहुन्छ। तर यहाँबाट त्यो पैसा बाहिर पठाउने कुरामा चाहिँ मिल्दैन । हैन त्यसमा के इन वर्कलाई नै हो कि, स्टुडेन्ट्सलाई नै हो कि, मेडिकलको लागि हो अब जस्तै उताको सबै डकुमेन्टहरु लिएर आएर मिल्यो भने त्यसरी मिल्न सक्छ। यत्तिकै नर्मल कन्डिसनमा चाहिँ मिल्दैन। अब आफू बाहिर जानलाई खातामा २५ सय डलर खातामा छ भनेपछि त्यो खर्च गर्न सक्ने भइहाल्यो अब यहाँबाट कसैलाई पैसा पठाउँछु भने त्यो चाहिँ मिलेन।
विदेशमा भएका नेपाली नागरिकले सहजै खोल्न पाउने कि नपाउने?
विदेशी भूमिमा श्रम गरिरहेका सबै नेपाली नगरिकहरुले मिल्छ । अब डकुमेन्ट सोर्सहरू छ भने अनलाइन माध्यमबाट पनि खाता खोल्न मिल्छ। बैंकको वेबसाइटमै गएर सहजै खाता खोल्न मिल्छ । त्यहाँ गएर फर्म फिलअप गरेर सबै डकुमेन्टहरु त्यही राखेर मज्जाले खाता खोल्न मिल्छ र उहाँहरुले खाता खोलिसकेपछि खातमा पैसा जम्मा गर्न सक्नुहुन्छ । अब खातामा जम्मा भएकाे रूपैया झिक्न नमिल्ने हुन्छ । उहाँहरू एकचोटी भौतिक रुपमै उपस्थित भएर हाम्रो स्टाफहरूको अगाडि सिग्नेचर गरिसकेपछि मात्रै निकाल्न मिल्छ ।
वैदेशिक मुद्रा विनिमय दर परिवर्तन भइरहन्छ यसले यसमा असर गर्छ कि गर्दैन?
विनिमय दरले गर्दा त्यो एउटा रिस्क त हुने भइहाल्यो डलर खाता खोल्नुको मेजर फाइदा भनेको त्यो पनि हो एउटा कस्टमर्सहरूको लागि अब डलरको रेट परिवर्तन भइरहेको हुन्छ। डलरको मुल्य घटेको अवस्थामा डलरबाट नेपालीमा कन्भर्ट गर्दा घट्छ भने बढ्दा बढ्छ । अब जतिबेला राम्रो हुन्छ त्यतिबेला चेन्ज गर्न पनि पाइयो। हरेक नेपालीले अहिले मज्जाले वर्षको २५ हजार डलर खर्च गर्न पाइन्छ । अब त्यसमा केही नियमहरू परिवर्तन भयो भने चाहिँ अप्ठ्यारो हुने अथवा केही ट्रेन्डहरू आउन सक्ने कुराहरू हुन्छ। पक्कै पनि त्यो पोलिसी लेभलमा आउने भन्ने बित्तिकै त्यसले फरक त परिहाल्छ ।
अन्त्यमा केहि भन्नु छ कि?
फ्रिल्यान्स खातामा हामीले एउटा अर्को अप्सन दिन्छौं रिकरिङ डिपोजिटकाे । उहाँहरुले फोर्स सेभिङ गर्नुहुन्छ भने महिनाको १ हजार, २०००, ५००० कति हुन्छ उहाँहरुले चाहिँ यो चाहिँ तीन महिनादेखि १० वर्षसम्म यो गर्न सक्नुहुन्छ। अब यसमा ब्याजदर भनेको फिक्स डिपोजिटमा जति हुन्छ । अब बिस्तारै यसमा पनि पैसा जम्मा हुने भयो। पछि आफूलाई आवश्यक परेको बेलामा निकाल्दाखेरि यो ठूलै एमाउन्ट पनि हुन सक्छ। अब यसको इन्क्वायरीहरू धेरै आइरहेको छ, स्वदेशमा नै केहि गरौं भननेहरुका लागि सिटिजन्स बैंकले ल्याएको फ्रिल्यान्स खाताको फाइदालिनहुन अनुरोध गर्दछु।
अर्थ चाैतारी ।