logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • २६ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    २६ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    676
    SHARES
    २६ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ जना उपसचिवको पदस्थापन तथा सरुवा भएको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना र विभिन्न निकायमा कार्यरत ३ जनालाई मन्त्रालयले शुक्रबार पदस्थापन तथा सरुवा गरेको हो ।



     

    मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । जसमा अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

     

    यसैविच जिल्ला समन्वय समिति झापामा कार्यरत अकबर प्रधान, जिल्ला समन्वय समिति स्याग्जामा कार्यरत रुकु शर्मा र कटारी नगरपालिका उदयपुरमा कार्यरत राजमणी निरौला मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

     

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, ९ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट