logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ५८ करोड बढीकाे काराेबार

    सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ५८ करोड बढीकाे काराेबार

    663
    SHARES
    सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ५८ करोड बढीकाे काराेबार

    काठमाण्डाै । सोमबार पनि सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४८ अंकले घटेर २६ साय ७७ दशमलव ४९ बिन्दुमा झरेको छ ।



     

    नेपाल राष्ट्र बैंकमा १८औं गभर्नरको रूपमा डा विश्व पौडेल आएकैदिन उनलाई रातो झण्डा देखाएका लगानीकर्ताले उनले गरेको नीतिगत निर्णयमा पनि खुशी देखिएका छैनन् ।

     

    नेपाल राष्ट्र बैंककले आइतबार साँझ सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षाबाट गभर्नर पौडेलले सेयर बजार बढाउने नीति अघि सारेका थिए । यस निर्णयको पनि लगानीकर्ताले साथ नदिएको देखिएको हो ।

     

    यता आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । आज ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

     

    हिजो ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रूपैयाँको कारोबार भएको थियो । आज कारोबार भएको बजारमा ९२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १२ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट