logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मन्त्रिपरिषद् बैठक निर्णय : चार जना सचिवको सरूवा, अरू के-के गर्‍यो निर्णय ?

    मन्त्रिपरिषद् बैठक निर्णय : चार जना सचिवको सरूवा, अरू के-के गर्‍यो निर्णय ?

    533
    SHARES
    मन्त्रिपरिषद् बैठक निर्णय : चार जना सचिवको सरूवा, अरू के-के गर्‍यो निर्णय ?

    काठमाण्डौ । सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।



     

    उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

     

    मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ । त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट