logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • कुन मूल्यमा भयो पियोर इनर्जी लिमिटेडको पहिलो कारोबार ?

    कुन मूल्यमा भयो पियोर इनर्जी लिमिटेडको पहिलो कारोबार ?

    520
    SHARES
    कुन मूल्यमा भयो पियोर इनर्जी लिमिटेडको पहिलो कारोबार ?

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पियोर इनर्जी लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।



     

    कम्पनीको पहिलो कारोबार प्रति कित्ता २८९.३ रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.४५ रुपैयाँ देखि २८९.३५ रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था थियो। जसमा उच्चतम बिन्दुबाट नै कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर PURE सिम्बलबाट कारोबार भएको छ।

     

    हिजो सोमबार नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएको थियो। सोमबार कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत भएको थियो । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओ वैशाख ११ गते बिहीबार बिहान शेयर बाँडफाँड भएको थियो।

     

    कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट