logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

    उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

    1K
    SHARES
    उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

    काठमाण्डौ । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।



     

    भट्टराई हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् । कुँवर हाल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीशलाई त्यहीँ उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

    भण्डारी हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेकोमा उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ। यसैगरी तिवारी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेकोमा उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो।

    500989186_1411473323311781_886884772388078403_n


    अर्थ चाैतारी
  • शुक्रबार, ३० जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट