काठमाण्डौ । सेयरबजार आज ०.४७ अंकले हरियो भएर २६५५.८५ विन्दुमा थामिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साढे २ करोड कित्ता सेयर बिक्री भएको छ। सो बिक्रीमा कारोबार रकम ११ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
९० वटा सेयरहरुको मूल्य बढेको दिन १५७ वटाको घटेको छ। आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जी र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको ९.९९, ९.९९ प्रतिशतले सेयर बढ्दा वरुण हाइड्रो ९.८४ प्रतिशत र युनियन हाइड्रोपावरको पनि ९.३४ प्रतिशतले सेयर उकालो लागेको छ।
यस दिन गिरावट आउने कम्पनीहरुको सेयर मूल्य अधिकतम ४.४३ प्रतिशतले मात्र घटेको छ। कारोबारतर्फ आज सानिमा माई हाइड्रोपावरको ८९ करोडको किनबेच भएको छ। त्यसैगरी ङादी ग्रुप पावरको ८७ करोड, बुटवल पावर कम्पनी ६४ करोड, राधी विद्युत् ५० करोड र माउन्टेन इनर्जीको ५० करोडको किनबेच भएको छ।
आज विकास बैंक, उत्पादन, निर्जीवन बीमा र व्यापार समूह बढ्दा नेप्से रातो हुनबाट भने जोगिएको छ।
अर्थ चाैतारी ।