logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कुलिङ पिरियडका कारण निजामती कर्मचारी विधेयक रोकिएको होइनः सङ्घीय मामिलामन्त्री गुप्ता

    कुलिङ पिरियडका कारण निजामती कर्मचारी विधेयक रोकिएको होइनः सङ्घीय मामिलामन्त्री गुप्ता

    780
    SHARES
    कुलिङ पिरियडका कारण निजामती कर्मचारी विधेयक रोकिएको होइनः सङ्घीय मामिलामन्त्री गुप्ता

    काठमाण्डौ । सङ्घीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पारेका छन् । विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट पारेका हुन् ।



     

    ‘मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसदलाई दिन नसक्ने अवस्था सृजना भएपछि आफ्ना सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ,’ उनले भने, ‘विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक रोकिएको होइन ।’

     

    विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गराउनुहुँदै उनले विधेयक अब चाँडै अघि बढ्ने आश्वासन दिए। ‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो ?’ भन्ने अधिकांश सांसदहरूले उठाएको सवालको जवाफमा मन्त्री गुप्ताले भने, ‘कुलिङ पिरियड होइन ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन ।’


    अर्थ चाैतारी
  • सोमबार, ९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट