logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हार्डवेयर व्यवसायी बियानी १ अर्ब ३१ करोड भ्याट छली आरोपमा कारागार चलान

    हार्डवेयर व्यवसायी बियानी १ अर्ब ३१ करोड भ्याट छली आरोपमा कारागार चलान

    767
    SHARES
    हार्डवेयर व्यवसायी बियानी १ अर्ब ३१ करोड भ्याट छली आरोपमा कारागार चलान

    विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग / बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानीलाई कारागारमा पठाएको हो ।



     

    आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो । कार्यालयले गरेको अनुसन्धानमा बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिएको पत्रमा उल्लेख छ ।

     

    राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो ।

    antarik patra


    अर्थ चाैतारी
  • मंगलबार, १७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट