काठमाण्डौ । नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका केही स्थानमा सञ्चालनमा रहेको ‘फाइबर टू द होम’ (FTTH) सेवा आज राति मर्मतका कारण अस्थायी रूपमा बन्द हुने जनाएको छ।
टेलिकमका अनुसार साउन २५ गते राति ११ बजेदेखि साउन २६ गते बिहान ६ बजेसम्म इन्टरनेट, टेलिफोन तथा टिभी सेवा प्रभावित हुन सक्छ।
एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थानलगायत क्षेत्रका एफटीटीएच प्रयोगकर्तालाई यो मर्मत कार्यको असर पर्न सक्छ। टेलिकमले नियमित आन्तरिक मर्मत कार्यका लागि सेवा अवरुद्ध गर्न लागिएको जानकारी दिएको छ।
ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै टेलिकमले समयमै सूचना दिएको बताएको छ। निर्धारित समयभन्दा चाँडो मर्मत सकिएमा सेवा पनि तत्काल पुनः सञ्चालन गरिनेछ।
थप जानकारी वा सहयोग आवश्यक परेमा ग्राहकले १९७ वा पाटन कार्यालयको ०१–५४५३३६३ नम्बरमा सम्पर्क गर्न सक्ने टेलिकमले जनाएको छ।
अर्थ चाैतारी ।