logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएपछि दिए राजीनामा

    मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएपछि दिए राजीनामा

    559
    SHARES
    मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएपछि दिए राजीनामा

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पदबाट राजीनामा दिएका छन्।



    भू–सम्बन्धी नियुक्ति र कर्मचारी सरुवामा बिचौलियामार्फत लाखौं रुपैयाँ घुसको लेनदेन भएको भनिएको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। अडिओ सार्वजनिक भएसँगै चौतर्फी आलोचना चर्किएको थियो र गुप्तालाई राजीनामा दिनुपर्ने माग व्यापक रूपमा उठेको थियो।

    राजीनामा दिएपछि गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ।”

    उनले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। “अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,” गुप्ताले फेसबुक स्टाटसमा लेखेका छन्।

    उनले राजीनामा दिएपछि पनि पार्टीले दिने जिम्मेवारीलाई देश र जनताप्रति इमान र निष्ठाका साथ निर्वाह गर्ने उल्लेख गरेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट