काठमाण्डौ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ मा देशभरका १४८ शाखाबाट वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले सातै प्रदेशमा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई वित्तीय ज्ञान प्रदान गरेको छ, जसबाट १० हजार लाभान्वित भए। कार्यक्रममा वित्तीय साक्षरताको महत्व र डिजिटल बैंकिङका जोखिमबारे जानकारी गराइएको थियो।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा देशभरका आफ्ना १४८ शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आम सर्वसाधारणमा वित्तीय सचेतना जगाउने उद्देश्यका साथ बैंकले सातवटै प्रदेशमा यी कार्यक्रमहरू सञ्चालन गरेको हो।
यस क्रममा कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखा कार्यालयहरूले विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहलाई लक्षित गरी वित्तीय ज्ञान प्रदान गरेका छन्। यी कार्यक्रमहरूबाट करिब १० हजार व्यक्तिहरू लाभान्वित भएको बैंकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे विस्तृत जानकारी गराइएको थियो। साथै, डिजिटल बैंकिङको विकाससँगै बढेका अपराध र जोखिमका बारेमा समेत सचेतना प्रदान गरिएको थियो। बैंकले नगद कारोबार, लेनदेन र विप्रेषण जस्ता वित्तीय कारोबारका लागि बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ।
बैंकको विश्वास छ कि यसबाट बैंकिङ प्रणाली अझ सुदृढ हुनेछ र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुनेछ। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन र सामुदायिक विद्यालय एवं असाहयहरूका लागि सञ्चालित संस्थाहरूमा सहयोग गर्दै आएको छ।
अर्थ चाैतारी ।