logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिटिजन लाइफले बीमा अभिकर्ता तालीम सञ्चालन गर्ने

    सिटिजन लाइफले बीमा अभिकर्ता तालीम सञ्चालन गर्ने

    481
    SHARES
    सिटिजन लाइफले बीमा अभिकर्ता तालीम सञ्चालन गर्ने

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालीम सञ्चालन गर्ने भएको छ।



    कम्पनीले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिलाई लक्षित गरेर आर्थिक वर्ष २०८२/८३ को विभिन्न मितिमा देशभरका शाखा तथा उपशाखा कार्यालयमा तीन दिने तालीम सञ्चालन गर्ने जनाएको छ।

    तालीममा प्लस टू वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता भएका नेपाली नागरिकले भाग लिन पाउने कम्पनीले बताएको छ।

    यसबारे थप विवरण कम्पनीको वेबसाइटमा राखिएको जनाएको छ। तालीममा सहभागी हुन इच्छुकलाई तालीम शुरू हुनुभन्दा एक हप्ता अगावै आवश्यक कागजात सहित सिटिजन लाइफको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट