logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

    राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

    559
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

    काठमाण्डौ । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण गरेका हुन् ।
    उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका थिए



    ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रही सेवा अनुभव रहेको छ। विशेषगरी उनको पृष्ठभूमि वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयमा निकै जानकार रहेको मानिन्छ

    पदभार ग्रहण समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी, व्यवस्थापन समितिका पदाधिकारीहरू तथा प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए

    राष्ट्रिय वाणिज्य बैंक सन् २०२२ (वि.सं.) मा स्थापना भएको हो र अहिले ७७ वटै जिल्लामा ३०९ शाखा कार्यालयमार्फत करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ
    हाम्रो देश

    । बैंकले प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित हुँदै आफ्ना सेवालाई समयसापेक्ष बनाएर अगाडि बढाउँदै आएको जनाएको छ


    अर्थ चाैतारी
  • आइतबार, ४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट