logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • चितवनबाट झन्डै ७ क्विन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ

    चितवनबाट झन्डै ७ क्विन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ

    468
    SHARES
    चितवनबाट झन्डै ७ क्विन्टल गाँजासहित एक भारतीय नागरिक पक्राउ

    चितवन । प्रहरीले चितवनको राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट झन्डै ७ क्विन्टल अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।



    शनिबार बिहान ४ बजे चेकजाँचका क्रममा भारतको बिहार राज्य पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलाख्तर पक्राउ परेका हुन्। उनले चलाएको यूपी ८२ टी ३९२१ नम्बरको ट्रक मकवानपुरतर्फ गइरहेको अवस्थामा प्रहरीको निगरानीमा परेको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ड्राइभर क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई लुकाएर राखिएको ४३ वटा पोका फेला परेका छन्। ती पोका गरेर जम्मा ६७१ किलो ६०० ग्राम गाँजा बरामद गरिएको छ।

    पक्राउ परेका सबिलाख्तरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    यस घटनालाई सीमापार लागूऔषध तस्करीमा सक्रिय गिरोहको संलग्नता भएको आशंका गरिएको छ।


    अर्थ चाैतारी
  • शनिबार, १० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट